Saturday, January 22, 2011

धिक्कार छ

धत कस्ता रहेछौ, लाज नलाग्ने  तिमीहरुलाई 
भाषणको भरमा जिउनेहरुलाई 
सधै आफ्नै देशको खाल्टोखन्नेको  मुख ताक्नेहरुलाई 
सीदा साधा जनताको आँखा छाल्नेहरूलाई 

धिक्कार छ  तिमी सबै स्वार्थी  हरुलाई
नेपाली आमाको  अमृत बेच्नेहरुलाई 
नेपाली आमाको  रगत पिउनेहरुलाई
रास्त्रियताको  आँखामा  पट्टी बाध्नेहरुलाई 

आफुले गर्न त परै जाओस  अरुलाई  पनि गर्न नदीनेहरुलाई 
रास्त्रियताको भावना बोकेकाको सम्मान नदीनेहरुलाई 
बरु कुरची र पद को लागि जीवन  दान दिनेहरुलाई 
भ्रस्टाचार गर्नको लागि रक्तदाननि दिनेहरुलाई 

बुझौं अब सबै स्वर्थिहरुलाई
चिनौ अब  रास्ट्रीयअखंडता  बोकेका अमुलहरूलाई  
कति हेर्ने तिनै पुराना बिशादीखेलहरुलाई
हजारौ असफलताका घाउहरु अझै सहनेहरूलाई

भन्छन  महसूस गर्नु सफलताको पहिलो लक्षण  हो
खै  त नेपाली जनता १५ साल को प्रतीक्षा  के भो
बिदेशमा शोषित र दमनमा पनि  सधै खुसी हुने हो
स्वदेशमा मातृभूमि चिर्नेको  मात्र  बीजारोपण  हुने भो

5 comments:

  1. राम्रो छ ...लेख्ने क्रम जारी राख !!!!!

    ReplyDelete
  2. प्रतिक्रियाको लागि धन्यवाद.. ......हुन्छ म निरंतरता दिन्छु|

    ReplyDelete
  3. hehehe ........ :) thnx bro anyways..just killing time ya :)

    ReplyDelete